२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

श्रीमानले श्रीमतीलाई एसिड छ्यापेपछी


२८०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ ३०, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३० जेठ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो ।

    घरायसी विवादमा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

    दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

    पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमान घरबाट बाहिर निस्किएका थिए । बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा आफूले खोस्ने क्रममा हात र पेटमा परेको दीपिकाको भनाइ छ ।

    चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

    ४२ वर्षीय दीपकलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान पछि कानून बमोजिमको कारबाही हुने डीएसपी लामिछानेले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार