२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा आज ३४ जनामा कोरोना पुष्टि


१८४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे जिल्लामा ३४ जनाले कोरोना जितेका छन् । आज मंगलबार पिसिआर परिक्षण गर्दा २४ र एन्टीजेन परिक्षणबाट १० गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टा यता जिल्लामा ३ जनाको मृत्यु भएको छ ।

    प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा १ महिला ४ पुरुष, पाँचखालमा २ महिला ४ पुरष, धुलिखेलमा १ महिला, पनौतीमा ५ महिला १ पुरुष, मण्डनदेउपुरमा १ महिला २ पुरुष, महाभारतमा १ पुरुष, बेथानचोकमा १ महिला र रोशीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
    त्यस्तै एन्टीजेन परिक्षणबाट महाभारतमा ४ महिला ६ पुरुषमा कोरोना पुष्टि भएको छ ।

    यससँगै काभ्रेमा संक्रमित संख्या १०४९४ पुगेको छ भने निको भएको संख्या ८८११ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ७२१ महिला र ८०४ पुरुष गरी १५२५ पुगेको छ । अस्पताल आइसोलेसनमा १०६ जना र होम आईसोलेसनमा १४१९ रहेका छन् । पछिल्लो चरणमा काभ्रेमा संक्रमणदरमा धेरै कमी आएको छ भने निको हुने दर बढेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार