२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

इन्द्रावती नदीमा आएको बाढीले ६ जना बगायो


१९६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २, बुधबार मा प्रकाशित ३ साल अघि
  • अबिरल परेको पानीले सिन्धुपाल्चोकको मेलम्ची खोला (इन्द्रावती नदी) मा आएको बाढीले कम्तिमा ६ जनालाई बगाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएका उनीहरुलाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

    उनले भने– ‘बाढीले ६ जना जतिलाई बगाएको भन्ने कुरा आएको छ । उनीहरुको पूर्ण विवरण आएको छैन । अहिले पनि बाढी रोकिएको छैन । भोलि बिहानसम्म क्षतिको पूर्ण विवरण आउँछ ।’ बाढीले ३ वटा पुल बगाएको र धेरै स्थानमा बाटो कटान गरेको उनले बताए । हेलम्बु गाउँपालिका अन्तर्गत तल्लो तिम्बु बजार बगाएको, किउलमा रहेको रेन्बो ट्राउट फर्म बगाएको र नदी छेउमा रहेको केही घर बगाएको जानकारी आएको उनले बताए ।

    यता मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची–इन्द्रावती नदी किनारमा रहेको मेलम्ची बजारमा बाढीले सामान्य क्षति पुर्याएको मेलम्ची प्रहरी कार्यालयमा प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिए । मेलम्ची बजारमा जोखिमयुक्त स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार