२०८१ आश्विन २४, बिहिबार | Thu, 10, Oct, 2024

चरम संकटमा निजी विद्यालय


२१०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ६, आईतबार मा प्रकाशित ३ साल अघि
  • कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्यधिक संकटमा छन् । विद्यालयहरू संकटमा परेपछि शिक्षकलाई तलबसमेत खुवाउन सकेका छैनन् ।

    लकडाउनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा चलायमान नहुँदा घरभाडा, ब्याज, कर, विद्यालयका शिक्षकलाई तलब जोहो गर्न हम्मेहम्मे परेको निजी विद्यालय सञ्चालकको गुनासो छ । कोरोनाले सामान्य अभिभावकको आम्दानी खोसिएपछि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने क्रम बढेको पीडित अभिभाव बताउँछन् । यसैका कारण पनि निजी विद्यालय थप संकटमा पर्दै जान थालेका हुन् ।

    हाल देशभर झन्डै १० हजार निजी विद्यालय रहेका छन् । यही अवस्था रहिरहे सयांै विद्यालय बन्द हुन सक्ने सञ्चालकको भनाइ छ । वैकल्पिक विधिबाट कक्षाहरू भए पनि अभिभावकले पूर्ण शुल्क नतिरेकाले संकट बेहोर्नुपरेको निजी विद्यालयका सञ्चालक बताउँछन् ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार