२०८० मंसिर २३, शनिबार | Sat, 09, Dec, 2023

लकडाउन अवधिको व्याज र हर्जनामा छुट


२०५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ७, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण आफ्ना शेयर सदस्यहरुलाई समेत समस्या परेको भन्दै सहकारीले ऋण लगानीबाट हुन आउने व्याज तथा हर्जना मिनाह गर्ने भएको छ ।
    काभ्रेको पाँचखाल नगरपालिका वडा नं ६ मा विगत २५ बर्ष अगाडीबाट नियमित रुपमा संञ्चालनमा आएको ग्रामिण महिला विकास वहुउद्देश्यीय सहकारी संस्थाको अशार ६ गते बसेको संञ्चालक समितिको बैठकबाट लकडाउन अबधिको व्याज तथा हर्जना मिनाह गर्ने निर्णय गरेको संस्थाका व्यवस्थापक मनोज कुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
    व्यवस्थापक श्रेष्ठका अनुसार निषेधाज्ञा अवधि (दुई महिना) को व्याजमा १३ प्रतिशत र ऋणिहरुले तिर्नुपर्ने हर्जना समेत छुट दिने निर्णय भएको हो । संस्थाको बैठकको निर्णय अनुसारको व्याज तथा हर्जना छुटको सुबिधा लिनको लागि ऋणि शेयर सदस्यहरुले अशार २५ गते भित्र संस्थामा सम्पर्क गरी नियमित किस्ता साथै निषेधाज्ञा अवधि भन्दा अघिको व्याज चुक्ता गर्नुपर्ने व्यवस्थापक श्रेष्ठले जानकारी गराउनु भयो ।

    यस्तो छ बैठक निर्णय

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु