२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

आँप टिप्न गएको ९ बर्षिय बालिकाको हत्या


२३०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ७, सोमबार मा प्रकाशित ३ साल अघि
  • जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाका अनुसार डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी ९ वर्षीया छोरी शिवानीकुमारीको हत्या गरिएको अवस्थामा आइतबार शव फेला परेको हो ।

    पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन गएकी शिवानीले बहिनीलाई घर पठाएर फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन्।

    प्रहरी उपरीक्षक धमलाका अनुसार घटनास्थलमा तालिम प्राप्त कुकुरसहित अनुसन्धान शुरु भएको छ । शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार