२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अनुदानको पाडी व्याएपछि ५० हजार पुरस्कार, पाँचखालका मनकारी मेयरको घोषणा


२८९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • सुशील राज गिरी
    काभ्रे । पाँचखाल नगरपालिकाले नगरका आफ्नो कृषकहरुलाई आत्मनिर्भर बनाउन भन्दै उन्नत जातका पाडी बितरण गरिरहेको छ ।
    असार १२ गते देखि सुरु भएको कार्यक्रममा १ सय ५४ वटा पाडी बितरण गरिने नगरप्रमुख महेश खरेलले जानकारी दिए । लागत साझेदारीमा मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्तरगत नगरपालिकाले ५० प्रतिशत अनुदानमा पहिलो चरणमा पाँचखाल ५ खावा मा ६० वटा पाडी बितरण गरेकोमा असार १४ गते वडा नं. ६ मा २५ वटा पाडा बितरण गरिएको वडा नं. ६ को वडा अध्यक्ष राम शरण दुलालले बताए ।
    कृषिमा प्रोत्साहन गर्न र किसानलाई आत्मनिर्भर बनाउदै किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरिएको वडा अध्यक्ष दुलालले बताए ६ नं.वडा भरिमा भमरकोट हरेक कुरामा बिकासमा होस या अन्य कार्यक्रममा पछि परेकोले आगामी दिनमा भमरकोट लाई सबल र सक्षम आफू अघि बढेको र यश भेग का किसानलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको अध्यक्ष दुलालले जानकारी दिए ।
    बितरण गरिएको सबै पाडीको विमा बितरणकै बेला भैसकेको नगरका पशुविकास शाखा प्रमुख दत्तप्रसाद गौतमले जानकारी दिए । वडा नं. ६ मा पाडी बितरण गरि रहदा नगरले दिएको अनुदान बाहेको पैसा जम्मा गर्न नसकेको एक किसान परिवारलाई पाँचखाल नगर प्रमुख खरेल ले आफ्नै व्यत्तिगत पैसा दिएर पाडी हस्तान्तरण गर्दै नगरभरी बाडिएको पाडीमा मध्य पहिलो ब्याउने पाडीका कृषक लाई नगद रु ५०००० हजार पुरस्कार दिने घोषना समेत गर्नु भएको थियोे ।
    पाडी हस्तान्तरण गर्दै नगर प्रमुख खरेलले निम्न आए भएका र ज्याला मजदुरी गर्ने किसान दाजु भाइ लाई मेहनत गर्न प्रोत्साहन गर्दै र कुनै समस्या भएमा जनप्रतिनिधि मार्फत सहयोग लिन समेत अनुरोध गरे । मेयर खरेलले भने पैसा र काम बिना कोहि भोकै नबसोस कोहि समस्या मा नबसोस यदि तेसो भएमा आफू र नगर जनताको सेवा गर्न हरदम तयार रहेको बताए । किसान लाई पाडी हस्तान्तरण गर्दै खरेलले भमरकोटमा वडा अध्यक्ष सग छलफल गरी आवश्यक बिकास बजेट दिने घोषना समेत गरेका थिए । नगर, मेयर र वडा अध्यक्ष को सतप्रतिसत अनुदानमा पाडी पाउने कृषक राम प्रसाद तिवारी अति बिपन्न कृषक हुन । सोमबार भएको कार्यक्रममा नगर प्रमुख महेस खरेल , पाँचखाल वडा नं ६ का राम शरण दुलाल ,५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा,नगर परिषद सदस्य माईलि दनुवार, वडा सदस्यहरु , बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार