२०८१ आश्विन २०, आईतबार | Sun, 06, Oct, 2024

पाँचखालमा पोषण मैत्री स्वास्थ्य संस्था


२६८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १९, शनिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। काभ्रे पाँचखाल नगरपालिका उप—मेयर लक्ष्मी दनुवारले पाँचखालमा रहेका स्वास्थ्यका कर्मचारी साथै महिला स्वयंसेविकाहरुकोे योगदानले गर्दा प्राथमिक स्वास्थ्य केन्द्र पाँचखाललाई पोषण मैत्री स्वास्थ्य संथाको रुपमा अगाडी वढाउन सफल भएको बताउनु भयो ।
    पोषण मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रमका प्रमुख अतिथि उप—मेयर दनुवारले थप्नुभयो—आगामी दिनमा नगरको सवै वडावडामा पोषण मैत्री स्वास्थ्य स्ांस्थाको व्यवस्था गर्ने बताउनु भयो । हाल प्राथमिक स्वास्थ्य केन्द्रलाई पोषण मैत्रि स्वास्थ्य संस्था घोषणाको सुरुवात भनेको छिटै नगरलाई कुपोषण मुक्त नगरको रुपमा अगाडी बढाउनको लागि नगरपालिका कार्यालय अगाडी बढीसकेको बताउनु भयो ।


    प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पाँचखाल नगर स्वास्थ्य शाखाका संयोजक उज्ज्वल अधिकारीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो । स्वास्थ्य कर्मी बिष्णु गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वास्थ्य कर्मी कविता श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार