काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा रहेको तामे्रस्वर घाटको किरियापुत्री घरमा राखिएको ढलोटको गणेशको मुर्ती चोरी भएको छ ।
तामे्रस्वर घाटमा महाँदेबको मुर्ती प्रतिस्थापनको लागि तयारी गरिएको महाँदेवको मुर्ती, कालीको मुर्ती र गणेशको मुर्तीको व्यवस्था गरी घाटको परिसरमा रहेको किरियापुत्री घरमा राखिएको अवस्थामा गणेशको मुर्ती चोरी भएको जानकारी प्राप्त भएको छ ।
तामे्रस्वर घाट व्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर थापाका अनुसार शुभ साईत जुराई बैशाख ३१ गते उक्त मुर्तीहरु प्रतिस्थापन गर्नको लागि तयारी गरीएको थियो । कोरोनाको महाँमारीको कारण सो समयमा प्रतिस्थापन नगरी मुर्तीहरु सुरक्षीत ढंगबाट किरियापुत्री घरमा राखीएको ३ मुर्ती (महाँदेव, काली र गणेश) मध्य ढलोटको मुर्ती चोरी भएको हो ।
चोरी भएको मुर्तीको अन्दाजी २० हजार पर्ने र सो मुर्ती पाँचखाल ४ निवासी राजन श्रेष्ठले उपलब्ध गराउनु भएको थापाले जानकारी गराउनु भयो । मुर्ती चोरी भएको बिषयमा पाँचखाल प्रहरीलाई जानकारी गराईएको छ । प्रहरीले जानकारी पाउनासाथ खोजविन कार्यलाई अगाडी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस