२०८१ आश्विन २६, शनिबार | Sat, 12, Oct, 2024

‘गठबन्धनबाट बाहिरिएको छैन’-माधव नेपाल


२१११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ३१, बिहिबार मा प्रकाशित ३ साल अघि
  • सुदिप काफ्ले

    माधव नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिएको चर्चा छ, यसरी किन बाहिरिनुभएको भन्ने पत्रकारहरुको प्रस्नको उत्तरमा एमाले नेता नेपालले प्रतिप्रश्न गरे, ‘मैले हाम्रो पार्टीमा १० बुँदे समझदारी भएको छ, पार्टी एकताको प्रयास भइरहेको छ, यो परिस्थितिलाई तपाईहरुले बुझिदिनुपर्छ भन्दा कसरी गठबन्धनबाट बाहिरिएको हुन्छ ?’

    नेता नेपालले गठबन्धनबाट आफूले बाहिरिएको घोषणा नगरेको स्पष्ट पारे । आफू गठबन्धनबाट बाहिरिएको भन्दै कतिपय विश्लेषकले माधव नेपाल धोकेबाज हुन् भनेको प्रति उनले आपत्तिसमेत जनाए ।   बुधबार नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालको भूमिकाको उच्च प्रशंसा गरेका थिए ।

    नेता नेपालले राष्ट्रिय एकताको कुरा गरेको भन्दै प्रधानमन्त्री देउवाले अब नेकपा एमाले पनि सरकार सहभागी हुने अपेक्षा गरेका थिए । नेपालसँगको भेटपछि प्रधानमन्त्री देउवा आफूले प्रतिनिधिसभामा विश्वासको मत पाउनेमा ढुक्क बनेर फर्केका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार