२०८१ कार्तिक २३, शुक्रबार | Fri, 08, Nov, 2024

जनताले फेरि माओवादी नै खोजेको छ –देवेन्द्र पौडेल


२८३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १२, मंगलबार मा प्रकाशित ३ साल अघि
  • नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फेरि देश र जनताले माओवादी नै खोजेको बताएका छन् ।  काभ्रेको बनेपामा आयोजित महाभारत गाउँपालिकाबाट विभिन्न पेशामा आवद्ध भइ शहरमा बसोबास गर्ने कार्यकर्ताहरुको भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन सो कुरा बताएका हुन् ।

    कार्यक्रममा केन्द्रका स्थायी कमिटी सदस्य पौडेलले राजतन्त्रको अन्त्यसँगै संघीय गणतन्त्र, धर्मनिरपेक्ष लगायतका अहिलेका परिवर्तन माओवादी आन्दोलनको कारण भएको बताए ।

    त्यस्तै उनले माओवादी नै देशको अग्रगामी शक्ति भएकाले माओवादी फेरि जाग्ने संकल्प गरेका छन् । नेता पौडेलले माओवादी पार्टी आन्दोलन, एजेण्डा र अहिले राजनीतिक परिदृश्यबाट पनि देशको अग्रगामी शक्ति भएको पुष्टि भएको बताए । ‘माओवादी फेरि जाग्छ, माओवादीले आफ्नो श्रेष्ठता हासिल गर्छ,’ उनले भने, माओवादी नै यो देशको एकमात्र अग्रगामी शक्ति हो ।’

    नेता पौडेलले संविधानलाई स्वीकार नगरेर केपी ओलीले दुईरदुई पटक विघटन गरेको आरोप लगाए । उनले भने,केपी ओलीले पार्टी र सरकार सहजता पुर्वक पूरा गर्न नसक्दा दुर्भाग्यवश अहिलेको परिस्थिति सिर्जना भएको हो ।

    नेता पौडेलले कोखाजोर खोलामा हाइड्रोपावर बनाउने बिषयमा गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए । महाभारतमा सडक विस्तारको लागि आफ्नो तर्फबाट पहल गर्ने पौडेलले प्रतिबद्ध व्यक्त गरे । राजधानी नजिकको जिल्ला भएर पनि महाभारत गाउँपालिकामा सहज रूपमा यातायात संचालन हुन नसकेको खबर सुन्दा दुस्ख लागेको छ, उनले भने, अब महाभारतको विकासको लागि आफुले सकेको सहयोग सदैव हुनेछ ।

    कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) ले महाभारत गाउँपालिकामा अब अरु पार्टीले आँखा नलाए हुने बताए । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा नेता पौडेलले नवप्रवेशीहरुलाई खादा र लालध्वजले टीका लगाएर स्वागत गरेका थिए ।

    कार्यक्रममा संघीय सांसद गंगा बहादुर दोङ (बमध्वज), प्रदेश सभा सदस्य रत्न ढकाल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ केन्द्रका (छिन्ताङ), जिल्ला सचिवलय सदस्य दैवलाल घिसिङ (अनुशिल), महाभारत गापाका अध्यक्ष कान्छालाल जिम्बा, नेताहरु सुजन लामा, राज अधिकारी, कल्पना लामा लगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार