२०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025

आज काभ्रेमा ५६ संक्रमित थपिए


२३९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १३, बुधबार मा प्रकाशित ३ साल अघि
  • साउन १३, काभ्रे। काभ्रेमा ५६ जना संक्रमित थपिएका छन्। आज (बुधबार) जिल्लाभर ३५ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो। यस्तै आज जिल्लामा ६४२ जना सक्रिय संक्रमित रहेका छन्।

    पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित पनौती नगरपालिकामा रहेका छन्। क्रमश: पनौती नगरपालिकाभर १६२ जना, धुलिखेलमा १४८, पाँचखालमा ११९, बनेपामा १०८, नमोबुद्धमा ४१, मण्डनदेउपुरमा २४ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि १२ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

    यस्तै आज काभ्रेमा थपिएका ५६ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेलमा नगरपालिकामा १९ जना, बनेपा ७, पनौतीमा ६, नमोबुद्धमा ३, पाँचखालमा २, मण्डनदेउपुर १, रोशीमा १, महाभारतमा १, तथा एन्टीजेन परिक्षणबाट पनौतीमा ११, नमोबुद्धमा २, बनेपामा २, धुलिखेलमा १ जना रहेका छन्। यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार ५०० पुगेको कार्यालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु