२०८१ कार्तिक १७, शनिबार | Sat, 02, Nov, 2024

जिपमा सवार दम्पत्ति वेपत्ता, तीन बच्चाहरुको अवस्था गम्भिर


२०७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १५ साउन, धनगढी । कैलालीमा कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार ब्याक गर्ने क्रममा नम्बर खुल्न नसकेको जीप सडकबाट कर्णाली नदीमा खसेको हो । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता छन् ।

    उनीहरुको खोजी कार्य भइरहेको छ । दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरुमध्ये भुवन र सावित्रीको अवस्था गम्भीर छ । नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उनीहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार