२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

पूजाको प्रसाद खाँदा करिब २८ बिरामी


२०८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १६, शनिबार मा प्रकाशित ३ साल अघि
  • मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।

    गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् । उनले सबैलाई स्वास्थ्यचौकीमा ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको जानकारी दिइन् ।  बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।

    अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि नेपालले जानकारी दिइन् । ‘फुडपोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार