२०८१ कार्तिक २४, शनिबार | Sat, 09, Nov, 2024

राज्यको तर्फबाट मानव अधिकार उलंघनको घटना धेरै छ- खरेल


२४१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेललाई मंगलबार एक कार्यक्रमको आयोजना गरी पाँचखालमा सम्मान गरीएको छ । नेपाल मानव अधिकार संगठन पाँचखाल नगरसमितिको आयोजनामा उक्त बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले राष्ट्रिय मानव अधिकार आयोगसंग समन्वय साथै हातेमालो गर्दे अगाडी बढ्ने बताउनु भयो । पाँचखाल नगरमा मानव अधिकार हनन् भएको छैन,आगामी दिनमा पनि पुर्णरुपमा मानव अधिकार लागु हुने ठोकुवा गर्नुभयो ।

    सम्मानित राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेललाइ बधाई दिदै प्रमुख अतिथि खरेलले थप्नुभयो पाँचखालका नगरवासिहरु मुलुकको बिभिन्न तहमा उच्च ओहदामा रहेकोले पाँचखालको हितको खातिर कार्य गर्न सहज भएको बताउनु भयो ।

    कार्यक्रममा सम्मान ग्रहण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले भन्नुभयो—स्रोत,साधन र शक्तिको आडमा मानव अधिकार उलंघन हुने गरेको छ । मानव अधिकार उलंघनलाई नियन्त्रण गर्ने उद्देस्यले २०५७ सालमा आयोग गठन भएको बताउनु भयो । आयोग गठन भएपछि मानव अधिकार उलंघनका घटनाहरु कम भएको बताउनु भयो । मानब अधिकारको उलंघन राज्यले शक्तिको आडमा बढी गरेको र छिटपुट घटनाहरु गैर राज्यको तर्फबाट पनि हुनेगरेको बताउनु भयो ।

    कार्यक्रममा आयोगका सचिव खरेलले भन्नुभयो मुलुकमा रहेको सातै प्रदेशमा मानव अधिकार आयोगले काम गरीरहेको छ । आगामी दिनहरुमा मानव अधिकार उलंघनको घटनाहरु न्यून हुने वताउंदै पाँचखाल नगर आफ्नो जन्मभूमी समेत रहेकोले मानव अधिकार उलंघनको कुनैपनि घटनाहरु हुन नदिनको लागि पाँचखाल नगरका मेयर महेश खरेललाई अनुरोध गर्नुभयो ।

    नेपाल मानव अधिकार संगठन पाँचखाल नगरसमितिका अध्यक्ष नवराज सेडाईको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पाँचखाल नगरपालिका उप—मेयर लक्ष्मी दनुवा, नेपाल मानव अधिकार संगठन काभ्रेका अध्यक्ष राजु सिग्देल, राष्ट्रिय मानव अधिकार आयोग वागमती प्रदेसका प्रतिनिधि लोकनाथ घिमिरे लगायतका बक्ताहरुले मानव अधिकारको आवस्यकता र महत्वका बारेमा आ—आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रम संञ्चालन सुविता ढुंगानाले गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार