२०८१ भाद्र २६, बुधबार | Wed, 11, Sep, 2024

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी


२०२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बुटवल — नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    उनले भर्खरै नियुक्तिपत्र बुझेको माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले बताए । केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा उनको मात्रै दाबी परेको थियो । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

    मुख्यमन्त्री केसीको आजै शपथ हुँदैछ । अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनको शपथलगत्तै सानो आकारको मन्त्रिपरिषद गठन हुनेछ । जसमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री रहनेछन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु