२०८१ कार्तिक १७, शनिबार | Sat, 02, Nov, 2024

अर्थमन्त्रीको घोषणा बिरुद्धको मौद्रीक नीति-रौनियार


३३७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिमार्फत सेयर धितो राखेर ऋण प्रवाहमा कडाई गरेको छ । शुक्रबार गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रीक नीतिमा यस्तो व्यवस्था गरिएको हो ।

    याँ व्यवस्थाअनुसार सेयर धितो ऋणको सीमा बढीमा एक संस्था वा व्यक्तिले बढीमा १२ करोड रुपैयाँ हुनेछ । एक बैंकबाट बढीमा चार करोड रुपैयाँ भन्दा बढी ऋण लिन पाईने छैन । विभन्न बैंक तथा संस्थाहरुबाट गरेर जम्मा १२ करोड मात्रै ऋण पाईने व्यवस्था मौद्रीक नीतिमा छ ।

    सेयरको धितो मूल्यांकनको सीमालाई भने ७० प्रतिशतमा यथावत नै राखिएको छ । सेयार धितोमा गरिएको कडाईले सेयर बजारमा नकारात्मक प्रभाव पर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । उनका अनुसार सेयर धितोमा करिब ९२ अर्ब रुपैयाँ बराबर ऋण लगानी भएको छ ।

    नेपाली बैंकहरुले सेयरमा ५ खर्बको ऋण लगानी गर्न सक्ने क्षमता राख्ने उनले बताए । ‘अहिले सेयर धितोको ऋणमा कुनै सीमा छैन, यस्तो सीमाले बजारलाई असर गर्छ’ रौनियारले भने । धितोपत्र बजारलाई प्रभावित नगर्ने अर्थमन्त्रीको घोषणा बिरुद्धको मौद्रीक नीति आएको पनि उनले टीप्पणी गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार