२०८१ माघ ९, बुधबार | Wed, 22, Jan, 2025

पतञ्जली आयुुर्वेद मेडिकल कलेज बन्द, विद्यार्थीको भविश्य अन्धकार


२४०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २, बुधबार मा प्रकाशित ३ साल अघि
  • सुशिल बञ्जारा
    काभ्रे । धुलिखेल ३ मा रहेको पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा क्याम्पस प्रशासनले पढाई बन्द गरेपछि त्यहाँ अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन् ।
    भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ पनि साउन १ गतेदेखि रोकिएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन । क्याम्पसमा ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो व्याचमा अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन् ।

    विद्यार्थीहरुले अध्ययन–अध्यापन सुचारु गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रे र धुलिखेल नगरपालिका, ध्यानाकर्षण गराएका छन् । धर्नामा गएका विद्यार्थीलाई प्रहरी लगाएर पक्रेको भन्दै विद्यार्थी झनै आक्रोशित भएका छन् । पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहलाई पटक पटक सम्पर्क गर्दा नभेटिएपछि उनलाई भेट्न पुगेका विद्यार्थीको समूहलाई भेट्न नमानेको र प्रहरी लगाएर पक्राउ गरेको विद्यार्थीको आरोप छ ।

    क्याम्पस प्रशासनले विद्यार्थीले पैसा नतिरेर क्याम्पस बन्द गरेको जानकारी दिएपनि खासमा २०७८ सालमा चिकित्सा शिक्षा आयोगले पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई एउटा पनि सिट नदिने भनेपछि प्रशासन आफैले बन्द गरेको बुझिएको छ । तेश्रो व्याचमा अध्ययनरत विद्यार्थी कृष्ण प्रभाकर यादवले विद्यार्थीले पैसा नतिरेको भन्दा पनि आफ्नो कमजोरी लुकाउन विद्यार्थीलाई आरोप लगाएको जानकारी दिए । चिकित्सा शिक्षा आयोगले निरीक्षण गर्दा आयोगको क्राईटेरिया अनुसार क्याम्पस नचलेको कारण २०७८ सालमा कुनै सिट दिएको थिएन । क्याम्पसले विद्यार्थीहरुलाई पढाई राम्रो भएको, प्राक्टिल गर्ने ठाउँ पनि राम्रो छ भनेर समेत आयोगमा चिठ्ठी लेख्न लगाएको थियो । ‘केहि पैसा तिर्न बाँकी छ तर पैसा तिर्दैनौ भनेका छैनौ, कृष्ण प्रभाकरले भने, –‘कलेज खुलाउँनुस पैसा तिर्न समस्या छैन् ।’

    नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त कलेजमा चार ब्याजमा पढाई भईरहेको छ । पहिलो व्याचमा ३५, दोश्रोमा २५, तेश्रोमा ४० तथा चौथोमा १६ जना विद्यार्थी क्याम्पसमा पढिरहेका छन् ।आफ्नै अस्पताल नभएको कलेजले बनेपाको शिर मेमोरियल अस्पतालमा ६ महिने ओजिटीको लागि सम्झौता गरेको छ । कलेजको आफ्नै अस्पताल भने निर्माणाधीन छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु