२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

काभ्रेको महाभारत प्रदेशकै उत्कृष्ट गाउँपालिका


१०१८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र ६, आईतबार मा प्रकाशित ३ साल अघि
  • महाभारत, काभ्रे/ काभ्रेको महाभारत गाउँपालिका बागमति प्रदेशका गाउँपालिकाहरुमध्ये पहिलो तथा स्थानीय तहहरुमध्ये दोस्रो हुन सफल भएका छन् । महालेखा परीक्षकको कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदन, २०७८ अनुसार महाभारत गाउँपालिका प्रदेशको १३ जिल्लाका ७४ वटा गाउँपालिकामध्ये उत्कृष्ट र ११९ स्थानीय तहमध्ये दोस्रो हुन सफल भएको हुन् ।

    महालेखाले महाभारत गाउँपालिकाको ६७ करोड ७९ लाख १३ हजारको लेखापरिक्षणबाट ०.४३ प्रतिशत अर्थात् २९ लाख ४० हजार बराबरको बेरुजु देखिएको वित्तिय प्रतिवेदनमा उल्लेख गरेको छ । जुन प्रदेशभरकै कम बेरुजु भएको स्थानीय तहमा दोस्रो स्थानमा पर्छ ।

    गत वर्ष करिब दुई करोड बेरुजु देखिएकामा यस वर्ष गाउँपालिकाले बेरुजु तथा सुशासनको क्षेत्रमा उल्लेख सुधार भएका छन् । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ले गाउँपालिकाबासी, कर्मचारी र जिल्लाका सबै सरोकारवालाहरुको सामुहिक प्रयासका कारण यो सम्भव भएको बताए । प्रदेशकै उत्कृष्ट गाउँपालिका बनेपछि महाभरतवासी मात्र होइनन् जिल्लावासी पनि खुसी भएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार