२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन कार्य अबरुद्ध


२०२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र ७, सोमबार मा प्रकाशित २ साल अघि
  • भदौ ७, काभ्रे। पनौती नगरपालिका वडा नम्बर ९ मा जारी राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन कार्य अबरुद्ध भएको छ। वडा नम्बर ९ का अध्यक्ष शहकुल कुमार हुमागाईंद्वारा जारी सूचनामा यहि भदौ २ गतेबाट जारी तथ्यांक संकलन कार्य भोलि ८ गतेबाट स्थगित गरिएको उल्लेख छ।

    तथ्यांक संकलन कार्यका लागी पर्याप्त जनशक्ति नहुदा कार्यक्रम स्थगित गर्नुपरेको वडा अध्यक्ष हुमागाईंले बताउनुभयो । नागरिकका व्यक्तिगत र  बायोमेट्रिक (जैविक) विवरणहरू कम्प्युटरमा राख्न लागी २ जना मात्र प्राविधिक कर्मचारी जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको छ। उहाँले, ‘कम जनसंख्या भएका गाउँ र टोल छानेर ३ दिन जसो-तसो काम गर्यौ, फोटो खिच्ने, दश औठाछाप, आँखाको रेटिना, विवरण कम्प्युटरमा भर्ने काम गर्न समय लाग्ने र नागरीकहरु चाप धेरै हुन थालेपछि कोरोना संक्रमणका बिषयलाई पनि ध्यान दिदै तथ्यांक संकलन स्थगित गरेको हो।’

    वडा नम्बर ९ मा राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलन कार्यका लागी ३ हजार ३०० जना योग्य छन्। यसका लागी २ जना प्राविधिक र एक जना सहयोगी मात्र छन्। ४ जना प्रविधि कर्मचारी र २ जना सहयोगी नभएसम्म कार्यालयले तोकेको समयमा तथ्यांक संकलन कार्य सम्पन्न गर्न नसकिने वडा अध्यक्ष हुमागाईंले बताउनुभयो। ३ दिनमा जम्मा २६२ जनाको मात्र तथ्यांक संकलन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले पर्याप्त कर्मचारी उपलब्ध गराएपछी कार्यक्रम फेरी सुरु गरिने उहाँले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार