२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाउँपालिका अध्यक्ष द्वारा नगद सहित टेलिभिजन सहयोग


२९५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाले जन्मदिन मानव कल्याण समाज काभ्रे शाखा धुलिखेलमा मनाउनुभएको छ । अध्यक्ष लामाले उक्त संस्थामा रहनुभएको वेवारिसे तथा ज्येष्ठ नागरिकहरुसँग जन्मदिन मनाउनुभएको थियो ।
    लामाले जन्मदिनको अवसरमा ५० हजार र टेलिभिजन सहयोग गर्नुभएको संस्थाको अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिनुभयो । भदौ १० गते जन्मनुभएको लामाले प्रत्येक बर्ष अनाथलय, तथा विभिन्न संस्थाहरुमा आफ्नो जन्मदिन मनाउदै आउनुभएको छ ।
    जन्मदिनको अवसरमा अध्यक्ष लामाले संस्थाको निम्ति आफ्नो तर्फबाट आजीवन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै स्वर्गीय वुवाको आत्माको चिर शान्तिको प्रार्थना गर्दै आमाको सु स्वास्थ्य तथा दीर्घायूको कामना व्यक्त गर्नुभयो । आफू सानो छँदा जन्म दिने बुवा आमाले सधै आफ्नो छोरा छोरीको सफलताको कामना गर्नुहुन्छ । त्यही सन्तान हुर्के पछि पुनः आफ्नै छोरा छोरीको सफलता, खुसी, सु स्वास्थ्य तथा दीर्घायूको कामना गर्छन् तर आफूलाई जन्म दिने आमा बाबुको योगदान र खुसीको कामना गर्ने कमै हुन्छन् त्यसकारण हरेक आमा बाबुको सन्तान प्रतिको योगदानको उच्च सम्मान गर्दै स्वर्गीय पिता देवी सिंह लामाको सम्झना गर्दै ममता मयी माता चन्द्रमाया लामाको दीर्घायूको कामना गर्दै उक्त संस्थामा जन्मदिन मनाएको बताउनुभयो ।
    सोही अवसरमा मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाइले संस्थाको तर्फबाट जन्मदिनको शुभकार्यमा समाजमा नयाँ संस्कारको सुरुवात गर्नुभएको अध्यक्ष लामाप्रति धन्यवाद व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा संस्थाको उपाध्यक्ष रामचन्द्र भन्डारी, नाङ्शाल एशोसियसन नेपालका कार्यकारी निर्देशक गुणराज मोक्तान, रोशी गाउँपालिकाको प्रशासन प्रमुख धनवीर लामा, जयप्रसाद गजुरेलले शुभकामना व्यक्त गर्नु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार