२०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023

कोरोनाबाट निधन भएका परिवारलाई पालिकाले नगद राहत दिने


१८४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र ११, शुक्रबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के. मैनाली

    भदौ ११, काभ्रे। काभ्रेको पनौती नगरपालिकाले कोरोनको कारण मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने भएको छ ।
    नगरले नगरवासिहरुलाई सुचना जारी गर्दै कोरोनाको कारण मृत्यु भएको प्रमाण सहित नगरमा राहत बापतको रकम लिन आउन अनुरोध गरेको छ । नगरले मृतकका परिवारलाई राहत स्वरुप प्रति परिवार २५ हजार उपलब्ध गराउने निर्णय भएको छ ।
    पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार कोभिड–१९ का कारण मृत्यु भएका परिवारजनले रकम बुझ्न आउदा पी.सी.आर वा एन्टीजेन्ट पोजेटिभ भएको फोटोकपी, अस्पतालले कोभिडबाट मृत्यु भएको सम्बन्धि जारी गरेको प्रमाण पत्र, मृत्यु दर्ताको प्रमाण पत्र, आफु रहेको वडा कार्यालयको सिफारिस, हकवालाको नागरिकताको फोटोकपी साथमा ल्याउनु पर्ने छ ।
    स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाका अनुसार राहत लिने क्रममा नजिकाको हकवाला नभएमा वडाबाट सम्बन्धित व्यक्तिले राहत सहयोग पाउने गरी गरिएको किटानी सिफारिस लिएर आउन सूचनामा भनिएको छ । पनौती नगरपालिका क्षेत्रमा हालसम्म ३० भन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु