२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जनता समाजबादी पार्टीको काभ्रेमा जागरण अभियान


२४३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । जनता समाजवादी पार्टी काभ्रेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
    अभिमुखीकरण एवं जिल्ला पार्टी समायोजन कार्यक्रम पार्टी केन्द्रको कार्यकारीणी समिति सदस्य माननिय राजेन्द्र श्रेष्ठको प्रमुख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    पार्टी केन्द्रको कार्यकारीणी समिति सदस्य गंगा नारायण श्रेष्ठको विषेश आथिथ्यता तथा पार्टीका केन्द्रिय सदस्य एवं तामसालिङ राष्ट्रिय परिषदका इन्चार्ज रविन्द्र थिङ,पार्टीका केन्द्रिय सदस्य एवं ३ नं प्रदेशका सह इन्चार्ज तथा काभ्रे जिल्लाका अभियान संयोजक अकल बहादुर थीङ ,३ नं प्रदेशका सह इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य बन्दना सुवेदी,पार्टीका केन्द्रिय सदस्य होमकुमारी दोङ,पार्टीका केन्द्रिय निकाय सदस्य इन्द्र बहादुर गोले तामाङको साथै कभ्रेबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रिय परिषद सदस्यहरूको आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    जिल्ला संयोजन समिति काभ्रेका अध्यक्ष कृष्ण भण्डारी ( शिशिर) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व सममजवादी पार्टीको ९९ जना, पूर्व रा ज पा तर्फबाट ५० जना, एकिकृत माक्सवादी पार्टीबाट १३ जना नेपाली कांग्रेसबाट आएका ४ जना र अन्य जनमुक्ति लोकतान्त्रिकपार्टी र नेपाल लोकतान्त्रिक पार्टीका समेत गरी १९९ जनाको जिल्ला समन्वय समिति बनाएको छ । जसको अध्यक्ष शिशिर भण्डारी अध्यक्ष रहेका छन । कार्यक्रमा जिल्लाका १३ वटै पालिकाका पालिका कमिटीको अध्यक्षको संयोजकत्वमा ४ महिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान संचालन गर्ने निर्णय गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार