२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बिबिधतामा पनि एकताबद्व बेथानचोक-तिमल्सिना


३०४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, (बेथानचोक) – जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर २ स्थित बागनेमा नवनिर्मित शिव मन्दिर उद्घाटन गरिएको छ । शनिबार गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र उपाध्यक्ष सरिता लामिछानेले संयुक्त रुपमा मन्दिरको उद्घाटन गरेका हुन् ।

    बेथानचोक गाउँपालिका तथा धर्मावलम्बीहरुको आर्थिक सहयोग र त्रिवेणी शिव मन्दिर संरक्षण समितीको सक्रियतामा मन्दिर निर्माण सम्पन्न भएको मन्दिर संरक्षण तथा निर्माण समितीका अध्यक्ष गणेश बहादुर तिमल्सिनाले बताए ।

    त्रिवेणी शिव मन्दिर निर्माणका क्रममा बेथानचोक गाउँपालिका र दाताहरुको आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको थियो । उक्त बजेट, आर्थिक तथा जिन्सी सहयोगले मन्दिर निर्माण सम्पन्न भएको बिदुर केसिले बताए ।

    मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बिबिधतामा पनि एकताबद्व बेथानचोक बासि सबैको हातेमालोबाट मात्रै धर्म संस्कृतिको जगेर्ना हुने बताए ।

    अध्यक्ष तिमल्सिनाले मन्दिर घेराबार लगाएतका अन्य बाँकी रहेको कार्य सम्पन्न गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट बिनियोजन गरेको बताए ।बेथानचोक गाउँपालिका भित्र निर्माण भएका र निर्माणाधीन गुम्बा, मन्दिर ,छ्योर्देनले सबैको धार्मिक आस्था, धर्म संस्कृती प्रती सम्मान गर्दै आउँदो पुस्तामा समेत धर्म संस्कृती जगेर्ना गर्नुपर्ने चेतनाको संदेश दिनेमा विश्वास व्यक्त गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार