२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरसफाई अभियानमा लवग्रीन नेपाल


३१२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • मकवानपुर । वातावरण संरक्षणको साथै सामाजिक हितको खातिर विगत ३० बर्षदेखी निरन्तर रुपमा कार्य गर्दै आएको लवग्रीन नेपाल नामक संस्थाले मकवारपुरमा सरसफाई अभियान चलाएको छ ।
    लवग्रीन नेपालद्वारा मकवानपुरको थाहा नगरपालिका वडा नं. १, २ र ६ मा संचालित वातावरण संरक्षणका लागि सामुदायिक फोहरमैला व्यवस्थापन तथा जनचेतना अभिवृद्धि परियोजना अन्तर्गत स्थानीयहरुको सक्रिय सहभागितामा सरसफाई अभियान सञ्चालन गरेको हो ।


    सरसफाईको क्रममा खोला तथा बजार सरसफाई अभियान संचालन गरिएको थियो । सरसफाई अभियानको क्रममा रहेको ओखरगाउँ चुलीप्रान खोलाको बगर बजार क्षेत्रमा सरसफाई गरी करिब ३०० किलो फोहर खोलाबाट निकाली नगरपालिकाको गाडि मार्फत सेग्रिगेसन हाउसमा पठाईएको थियो ।
    लवग्रीन नेपालले समाजिक हितको खातिर कार्य गर्दै आएकोमा स्थानियहरु हर्सित हुदै निरन्तरता सहयोगको अपेक्षा गरेका थिए । स्थानियहरुका अनुसार लवग्रीन नेपालले वातावरणको क्षेत्रमा हामी स्थानियको आँखा खोलिदिएको बताए । वातावरणको संरक्षण गर्दा सामाजिक हित हुने भएकोले संस्थाले देखाएको मार्गलाई निरन्तरता दिदै अगाडी बढ्ने स्थानियहरुले ठोकुवा गरेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार