२०८० फागुन ८, मंगलबार | Tue, 20, Feb, 2024

लागू औषध सहित काभ्रेमा तीनजनालाई झ्याप


२३७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २१, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे। काभ्रेको रोशी गाउँपालिकाको मंगलटार बजारबाट लागू औषध सहित २ जना पक्राउ परेका छन्। अर्का एक जनालाई भने बनेपाबाट पक्राउ गरिएको छ।

    शनिबार रोशी गाउँपालिका वडा नं. ९ मंगलटारस्थित बि.पि.राजमार्ग सडक खण्डको मंगलटार बजारमा सवारी साधनहरु चेक जाँच गर्ने क्रममा अबैध लागू औषध सहित रोहित कुमार यादव र रुपेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। झापाबाट काठमाडौं तर्फ आउदै गरेको बा.४.ख ६६७६ नम्बरको हायस गाडीमा यात्रा गरिरहेका सिरहा घर भएका उनीहरुको झोलाबाट Diazelab-१०० एम्पुल, Phenergan-१०० एम्पुल, नाम नखुलेको १०० एम्पुल जम्मा : १०० एम्पुल र Noophine लेखेको लेबल स्टिकर १०० पिस, मोबाईल थान-१, नगद रु. ९,००० बरामद गरिएको छ।

    यस्तै उक्त लागू औषध बिशाल श्रेष्ठलाई बिक्रि गर्न ल्याएको सोधपुछमा बताए पछी श्रेष्ठलाई पनि बनेपा नगरपालिका वडा नं. ७ मा आजै फेला पारी तिनै जनालाई कारवाहीको प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

    प्रतिवादीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न हिजै जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी खतिवडाले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार