२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुई मन्त्रीले दिए राजीनामा


२४२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २२, मंगलबार मा प्रकाशित २ साल अघि
  • २२ भदौ, धनगढी । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।

    विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराज पार्टी विभाजनपछि एमालेमै रहेका छन् । बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए । पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।

    गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिला मन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार