नुवाकोट — उपचारका लागि बिरामी लिन जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका–३ झगडे मस्यरी सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा जिप चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा वडा–३ रावतबेसीस्थित पुरानो गाउँका स्थानीय मानबहादुर तामाङ रहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले बताए । प्रदेश ३०१०२२ च ५०७१ नम्बरको जिप सडकबाट तल झरेर दुर्घटना परेको उनले जानकारी दिए । जिप गाउँखर्कमा बिरामी लिन जाँदै गरेको थियो ।
प्रतिक्रिया दिनुहोस