२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोशी गाउपालिकामा साझेदारी मञ्चको बैठक सम्पन्न


२२७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • भेषराज दनुवार

    काभ्रे ।पारस्पिरिक जवाफदेहिता स्थानिय पहल परियोजना अन्र्तगत रोशी गाउपालिकामा साझेदारी मञ्चको बैठक कार्यक्रम सम्पन्न भयो । रोशी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम थापाको सभा अध्यक्षतामा बसेको कार्यक्रममा विषयगत शाखा कर्मचारी, स्थानिय नागरिक सहितको उपस्थितीमा सम्पन्न कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ, तथा विपद विषयमा केन्द्रित रहेर छलफल कार्यक्रम अगाडी बढयो ।

    साझेदारी मञ्च बैठक कार्यक्रममा स्थानिय नागरिकको कृषि मा अनुदान, रासायनिक मल वितरण प्रणालि समयमै उपलब्ध गराउने, विद्यालय उमेरका छात्रालाई विद्यालयमा स्यानेटरी प्याड वितरण, कृषिमा विमा, रोशी गाउपालिकामा उत्पादन भएको कृषि उत्पादन शित भण्डार गरी बजारी करण गर्ने तथा व्यवस्थित संकलन केन्द्र सञ्चालन विषयमा छलफल केन्द्ति रहेको थियो । कार्यक्रमको क्रममा रोशी गाउपालिका वि.पि. राजमार्ग ले समेत जोडिएको हुनाले राजमार्गको विपतमा समेत जोखिम छ ।

    बर्षाको समयमा हुने बाडि पहिरोले सडक राजमार्ग अवरोध हुने तथा भौगोलिक विकटताको कारण बजेट सिमितताको कारण नया निमार्ण भएको बाटो समेत जिर्ण हुने गरेको छ । रोशी गाउपालिकाले कोभिडको अवस्थालाई लक्षित गरि गत आर्थिक वर्षमा रेडियो मार्फत सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । यस वर्ष पनि अवस्था विषम छ । सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण तथा सार्वजनिक परिक्षण संघिय कानुन अनुसार गरिरहेको परिवेशमा स्थानिय सरकारले आफ्नै कानुन निमार्ण गरी भूगोल सुहाउदो तवरमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु पर्छ उदेश्य साथ उठेको सवालमा सामुदायिक सारथि मार्फत सामाजिक, परिक्षण, सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई को स्थानिय कानुनको समेत मस्यौदा हस्तान्तरण सामुदायिक सारथिका कार्यक्रम व्यवस्थाक अनिल खनाले प्रमुख प्रशासकिय अधिकृत परशुराम थापा लाई हस्तान्तरण गरी कार्यपालिका तथा शुसासन समिति मार्फत विद्यायन समितिमा छलफल र परामर्श मार्फत पारित गरि कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जाहेर गर्नु भयो ।

    कार्यक्रमको क्रममा कृषिमा उठेको सवाललाई सम्बोधन गर्ने क्रममा कृषकका सवालाई कृषि शाखा प्रमुख रगुनि शाह मार्फत गर्नु भएको थियो भने । स्वास्थको सवाललाई रोशी गाउपालिकामा प्रभावकारी रुपमा सञ्चालन गर्नको लागी स्वास्थ शाखा प्रमुख गंगालाल श्रेष्ठले स्पष्ट पार्दै स्वास्थमा सुधार गर्नु पर्ने विषयलाई निर्देशनात्मक रुपमा १ महिना भित्रमा सुधार गरी प्रमुक प्रशासकिय अधिकृत मार्फत प्रतिबेदन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भयो । कार्यक्रम सञ्चालन सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवारले गर्नुभको कार्यक्रम सहजिकरण सामुदायिक सारथिका कार्यक्रम व्यवस्थापक अनिल खनालले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार