२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा आज ११ जनामा कोरोना संक्रमण


३३९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काभ्रे (धुलिखेल) – जिल्लामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ३५ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट १ जना महिला, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, धुलिखेल नगरपालिकाबाट २ जना महिला, नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना पुरुष र पाँचखाल नगरपालिकाबाट १ जना पुरुष गरी ९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

    उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा पनौती नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष गरी २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ८५ पुगेको छ । त्यस्तै जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १३ हजार ९ सय ६८ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्ला अहिले १ सय २ जना महिला र १ सय २४ जना पुरुष गरी २ सय २६ जना सक्रिय संक्रमित रहेका छन् ।

    जिल्लाको खानीखोला गाउँपालिकामा २ वटा, महाभारत गाउँपालिकामा २ वटा, रोशी गाउँपालिकामा १ वटा र धुलिखेल नगरपालिकामा १ वटा गरी ६ वटा खोप केन्द्रमा २ सय ४ जना महिला र १ सय ७९ जना पुरुष गरी ३ सय ८३ जनाले आज पहिलो मात्राको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

    कार्यालयका अनुसार काभ्रेको खानीखोला गाउँपालिकामा २ वटा, महाभारत गाउँपालिकामा २ वटा, रोशी गाउँपालिकामा १ वटा र धुलिखेल नगरपालिकामा १ वटा गरी ६ वटा खोप केन्द्रमा १ सय ९८ जना महिला र १ सय ७३ जना पुरुष गरी ३ सय ७१ जनाले आज दोस्रो मात्राको भेरोसेल खोप लगाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार