२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा तीनपाङ्गे टेम्पुको विगविगि, प्रहरी प्रशासन मुकदर्शक


२५९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २८, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकामा झण्डै ६५ वटा तीनपाङ्गे टेम्पु सञ्चालनमा आएका छन् । पाँचखाल नगरपालिकाले नगरवासिहरुको सहुलिएतको लागि भन्दै टेम्पो सञ्चालनको अनुमति दिएको थियो ।
    नगरपालिकाले जुन उद्देश्यले टेम्पु सञ्चालनको अनुमती दिएको थियो तर ठिक त्यसको विपरित तरीकाले संञ्चालन हुंदा समस्या भएको छ । नगरपालिकाले निर्धारण गरेको भाडाको कुनै वास्तै नगरी मनलाग्दी भाडा लिएको गुनासो आईरहेको छ ।
    तीन पाङ्गे टेम्पुको क्षमता ३ जना यात्रु राख्ने क्षमताको छ । तर टेम्पुमा ओभरलोड गरी ७ जना कोचेर जोखिम यात्रा गराई रहंदा पनि प्रहरी प्रसाशनको कुनै चासो छैन । कतिपय टेम्पो चालकसंग सवारी चालक अनुमती पत्र समेत छैन ।
    विना अनुमति पत्र टेम्पो हाँक्दै सवारी नियम उलंघन गरी रहनुलाई नगरवासिहरुले चासोको साथ हेरी रहेका छन् । पाँचखालको भित्रि सडकहरुमा संञ्चालनमा आएको उक्त टेम्पोहरुको विगविगिलाई सम्बन्धित चासो नदिदा स्थानियहरु मारमा परेका हुन् । शिकारु चालकहरुले सवारी हाँक्दा धेरै दुर्घटनाहरु भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार