२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ट्रकभित्र जबरजस्ती करणी गर्नेलाई काभ्रे प्रहरीले झ्याप


४५५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • २९ भदौ, काभ्रे । सार्वजनिक यातायात कुदै गरेको १३ बर्षिय बालिकालाई गन्तव्य सम्म पुर्याईदिने बाहनामा ट्रक चालक र सहचालकको मिलिमतोमा करणी गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    भदौ २६ गते रातीको अं. १२ः३० वजेको समयमा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ०१ श्रृजनानगर स्थित सडक खण्डमा पूर्व तर्फ जानको लागि भनि गाडी कुरिरहेकी अं. वर्ष १३ की बालिकालाई गन्तव्य सम्म पु¥याईदिने भनि उक्त गाडीमा राखी ल्याएको खुल्न आएको छ ।

    राति ०१ः३० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १२ साझा पेट्रोलपम्प अगाडी गाडी रोकी सोही गाडी भित्रै चालक र सह–चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरी निज बालिकालाई गन्तव्य सम्म नपु¥याई सोही स्थानमा छाडी गाडी लिई भागी फरार भएको सुचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
    पीडित बालिकाले आफूलाई जबरजस्ती करणी भए पश्चात गन्तव्य तर्फ नगई पून भक्तपुर तर्फ रातीको समयमा एक्लै विक्षिप्त रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारी सोधपुछ गर्दा आफुलाई नम्बर नखुलेको ट्रक चालकले भक्तपुर नगरपालिका वडा नं. ०१ श्रृजनानगरबाट आफ्नो गन्तव्य सम्म पु¥याई दिन्छु भनि उक्त ट्रकमा राखी लगेकोमा का.प.जि. बनेपा न.पा. १२ जनागाल स्थित साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्र चालक र सह–चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरेको भनी प्रहरी समक्ष जानकारी गराएपछि अनुसन्धान प्रकृया अघि बढेको थियो ।

    प्रहरीले तत्काल वारदात भएको भनिएको स्थानमा प्रहरी टोली खटि जाँदा सोही स्थानमा पीडितको कपडाहरु सहितको झोला र चप्पल फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेले विशेष अनुसन्धान टोलीले ई.प्र.का.बनेपाको सहयोगमा अनुसन्धान कार्य प्रारम्भ सुरुगरेको थियो ।

    घटना घटाई गाडी लिई चालक र सह–चालक सिन्धुली हुँदै झापा सम्म पुगेको थियो । नम्बर नखुलेको सवारी साधन पत्ता लगाउने उद्देश्यले प्रविधिक विश्लेषण गर्ने क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक साँगाबाट बनेपा चोक आईपुग्न अत्याधिक समय लागेको देखिएकाले सो ट्रक उपर शंका लागि उक्त ट्रकलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

    सोही क्रममा भदौ २८ गते प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक मोरङ्गबाट वि.पि. राजमार्गको बाटो हुँदै काठमाण्डौ तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा आज भदौ २९ गते धु.न.पा. ०७ धुलिखेल चोक बाट ट्रक सहित जिल्ला झापा हल्दीबारी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३२ को चालकहर्क बहादुर बिश्वकर्मा र सह–चालक जिल्ला मोरङ्ग उर्लाबारी नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १८ को निदिप धिमाललाई पक्राउ गरिएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा अभियुक्त द्वयले प्रहरी समक्ष साविति बयान दिएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार