२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका गिरी पक्राउ, तीन बर्ष ४ महिना जेल


२७९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २, शनिबार मा प्रकाशित २ साल अघि
  • २, असोज, काभ्रे । ठगि मुद्दाको सजाय पाई फरार हरेका काभ्रे चौरीदेउराली गाउंपालिका वडा नं ६ का विदुरराज गिरीलाई काभ्रे प्रहरीले पक्राउ गरी कानुनी कारवाही प्रकृया अगाडी बढाएको छ ।

    जिल्ला अदालत काभ्रेबाट २०६३।०५।२५ ठगी मुद्धा अभियोगको फैसला भई ३ वर्ष ४ महिना १२ दिन कैद र ८,०५,०००।– जरिवाना तोकिएको थियो । अदालतको फैसला भएपछि फरार रहेका गिरीलाई २०७८।०६।०१ गते प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको हो ।

    फैसला भई कार्यन्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतहरुमा उल्लेखित फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्दै जाने क्रममा जिलला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले काठमाण्डौ बालाजुमा लुकिछीपी बसेको अवस्थामा फेला पारी कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरीएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार