२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एमसीसीको विरोधमा उत्रियो मजदुर पर्टी, ठुलापार्टीका नेताले डलर खाएकै आधारमा पास गर्न खोज्दैछन्ःसांसद


३१४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २, शनिबार मा प्रकाशित २ साल अघि
  • २ असोज,काभ्रे । सदनबाट एमसीसी पास गर्ने बिषयमा मिश्रित फल (सरकार पक्षनै एमसीसी पास गर्ने र नगर्ने पक्ष) आईरहेको अवस्थामा नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरुद्धमा सडक तताएको छ ।

    नेपाल मजदुर किसान पार्टीले एमसीसीको बिरोधमा जुलुस तथा सभा गर्दै अगाडी बढ्दै जाने क्रममा काभ्रेको प्रमुख तीन व्यापारीक केन्द्रमा विरोध जुलुसको आयोजना गरेको छ । काभ्रेको प्रमुख व्यापारीक केन्द्र बनेपा, धुलीखेल हुदै आज (शनिबार) पाँचखालमा विरोध कार्यक्रम गरेको छ । पाँचखालको नगरपालिका कार्यालय नजिक बाट सुरुभएको विरोध जुलुसले अरनिको राजमार्ग परिक्रमा गरी समाजकल्याण चोकमा सभामा परिणत भएको थियो ।

    विरोध जुलुसपछिको सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं बाग्मती पदेशका सांसद शुरेन्द्रराज गोशाईले भन्नुभयो—भारतले ७१ स्थानमा सिमा मिच्दा चुइक्क नबोल्ने ठुला भनिएका तीन दलका नेताहरु पछिल्लो समयमा आएर चिनले नेपाली भूभाग मिच्यो भन्दै चिच्याई रहेका छन् । यस्तो चिच्यावटको प्रमुख कारण नेपाली जनताले राम्रोसंग बुझेका छन् । त्यस्तो चिच्याहटको प्रमुख कारण भनेको भारतिय विस्तारबाद र अ‍ेमेरिकी साम्राज्यबादलाई खुसि पार्नु हो ।

    कार्यक्रममा सांसद गोसाईले थप्नुभयो—विगत देखि अमेरिकि डलर खानेहरु (नेकपा एमाले, नेपाली कांगे्रस, नेकपा माओवादी, केही मधेसवादी दलहरु) ले एमसीसी पास नहुनु मुलुकको लागि दुर्भाग्य भएको भन्दै कोलाहाल गरिरहेका छन् । एमालेका नेता कोपी ओली, माओवादीका नेता प्रचण्ड, नेपाली कांग्रेसका नेता शेयर बहादुर देउवा,डा . बाबुराम भट्टराई लगाएतको नेताले अमेरीकालाई देश बेच्न खोज्दैछन् । विगत लामो समयदेखि डलर खाएकै कारण एमसीसी पास गराउने प्रयासमा छन् । एमसीसी पास भएमा देश रणमैदान भई सोझा सिधा , गरिव नेपाली जनतालाई दास बनाउने भएकोले नेपाल मजदुर किसान पार्टी एमसीसीको बिरोधमा उत्रिएको सांसद गोशाईले बताउनु भयो ।

    २१ औं शताब्दीमा आएर ५० करोड डलर देखाएर आउंदै छ, यो वास्तबमा सहायना होईन, सहायताको नाममा अमेरीकि सेना नेपालमा धित्राउने तयारी गरी नेपाली इतिहासलाई मेटाउन खोजेको बताउनु भयो । अमेरीकीको गुलामी गर्न जसरी नेता तयार भए नेपाली जनता तयार नभएको भन्दै जनताको काँधमा काँध साथमा साथ दिएर नेपाल मजदुर किसान पार्टी अगाडी बढ्ने सांसद गोशाईले बताउनु भयो ।

    विरोध कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका काभे्र जिल्ला अध्यक्ष कृष्ण कुमार बैद्य, नेपाल मजदुर पार्टी पाँचखाल नगरका अध्यक्ष धनबहादुर तामाङ, मजदुर बिकास पार्टी निकट विद्यार्थी संगठनका केन्द्रिय पुर्व सदस्य मुना तमाङ लगाएतले एमसीसीले नेपाललाई कती घात गर्छ र त्यो घातक योजना ठुला तीन दलका नेताहरुको रहेको बताउनु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार