२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिड नेपालको बिसौं साधारण सभा सम्पन्न, नेतृत्वमा पुन रेशमलाल


२८०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ३, आईतबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । काभ्रेको नालामा छुट्टै पहिचानका साथमा सं१चालन हुंदै आएको सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बिसौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    विश्वमा फैलिएको कोरोना हमांमारीलाई मध्यनजर राख्दै आफ्ना शेयर सदस्यहरुको हितको खातिर अब्बल ढंगबाट कार्य गर्दै आएको संस्थाले संस्थाको कार्यसमितिहरुको निर्विरोध ढंगबाट सहमतिकै आधारमा चयन गर्न सफल भएको छ ।
    स्वास्थ्य मापदण्डमा रहेर सामाजिक दुरी कायम गर्दै अत्यन्त सौहार्द ढंगबाट सम्पन्न गरेको उक्त साधारण सभाबाट रेशमलाल नेपालिको अध्यक्षतामा कार्यसमिति निर्विरोध ढंगबाट निर्वाचित भएका छन् ।

    जसको उपाध्यक्षमा रमादेवि श्रेष्ठ, सचिब राजन श्रेष्ठ, कोषाध्यक्ष नवराज श्रेष्ठ, सह—सचिब कृष्ण कुमारी श्रेष्ठ, सह—कोषाध्यक्ष मिन प्रसाद पोडे रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा—भिमदेवि श्रेष्ठ, श्री कृष्ण प्रजापति, विर चन्द्र श्रेष्ठ, राजु वजगाई, विष्णु प्रसाद बजगाई निर्विरोध निर्वाचित हुनु भएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण संयोजक राजाराम दाहाल र लेखा सुपरिवेक्षण सदस्य द्वयमा गंगा लाल श्रेष्ठ र नवराज भण्डारी रहनु भएको छ ।

    प्रधान कार्यालय नालामा रहेतापनि काभ्रेको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको बनेपा बजारमा समेत संस्थाले अब्बल ढंगबाट सेवा प्रदान गर्दै आएको छ । संस्थाको उद्देश्य साथै शेयर सदस्यको हितको लागि सिड नेपालको आफ्नै अस्पताल र मिनी मार्ट संचालनमा समेत सफल भएको छ । अन्य सहकारीहरुसंग समेत सहकार्य गरी एक आपसमा भाईचाराको सम्बन्ध कायम गर्दै सामाजित हितको खातिर समेत कार्य गर्न सफल सहकारीले एक पछि अर्को कार्यमा सफल हासिल गरेको छ ।

    युवाहरुलाई उकास्ने उद्देश्यले ८ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराई युवा स्वरोजगारको रकम समेत सिड नेपालबाट अधिंकाश प्रवाह हुने गर्दछ । जसले गर्दा नाला तथा बनेपा क्षेत्रमा रहेका धेरै उद्यमशील युवाहरुमा स्वरोजगारको अवसर सृजना गर्न सफल सफल भएको छ । बनेपामा छुट्टै प्रभाव बनाउने सफल सिड नेपालको आफ्नै अस्पतालबाट शेयर सदस्यका साथै गैर शेयर सदस्यहरुलाई समेत सहुलियतमा सेवा प्रदान गर्दै आएको छ । कोरोनाको महाँमारीको समयलाई मध्यनजर राख्दै आफ्नो संसको एम्बुलेन्सलाई कोभिड विशेष विरामीलाई उपचारमा सहयोग गरेको थियो ।

    संस्थाका प्रबन्धक राजेन्द्र कोंगा श्रेष्ठका अनुसार बिषेश गरेर शेयर सदस्यहरुको हितको खातिर संञ्चालन भएको अस्पतालमा गैर शेयर सदस्यहरुलाई समेत अन्यत्रको तुलनामा सरल साथै सहज ढंगबाट सेवा दिने गरेको छ । कोरोनाको महांमारी फैलिइरहेको अवस्थामा संस्थाको पहलमा फरक तरिकाले सेवा प्रदान साथै कोरोना महाँमारीबाट जोगिनको लागि जनचेतना मुलक कार्य समेत गरेको प्रबन्धक कोंगाले बताउनु भयो । आगामी दिनहरुमा अझ थप व्यवस्थित साथै सदस्यहरुको हितको खातिर संस्था निरन्तर रुपमा अगि बढ्ने नीति निर्माण गर्दै अगाडी बढ्ने तयारी गरेको बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार