२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जीवन सहाराको तेह्रौं साधरण सभा सम्पन्न


४२४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ३, आईतबार मा प्रकाशित २ साल अघि
  • सुशिलराज गिरी
    काभ्रे, पाँचखाल । श्री जिबन सहारा कृषि सहकारी ले कृषक को लागि कृषि सहकारी भन्दै आफ्नो तेह्रौं साधरण सभा सम्पन्न गरेको छ ।

    साधरण सभा को अध्यक्ष एवं कार्यक्रमका सभापति सुबिन्द्व तिमल्सिना ले सम्पूर्ण सेयर सदस्य तथा देस बिदेश मा रहनु भएको नेपाली दाजुभाइ तथा दिदी बहिनी र सम्पुर्ण मा सहकारी लाई यो उचाईमा पु¥याउन गर्नु भएको साथ सहयोग को लागि धन्यवाद दिदै उपस्थित सेयर सदस्य लाई स्वागत गरे लगैत राष्ट्रिय गित बजाएर राष्ट्र र राष्ट्रियता को सम्मान गर्दै कार्यक्रम सुरु भएको थियोे ।

    साधरणसभामा आफ्नु धारना राख्दै अध्यक्ष तिमल्सिनाले सहकारी नियमावली अनुसार अब शेयर सदस्य बृद्वी र सेयर पुजी बृद्वी गरी सदस्य हितमा लागि पर्नु आफु र सहकारीको लक्ष्य भएको बताउनुभयो । अध्यक्ष तिमल्सिना ले भन्नू भयो सेयर सदस्य को लागि रेमिट, मल, बीउ, तालिम दिईरहेको ले उक्त सेवा बृद्वी र बिस्तार गर्न सबै शेयर सदस्यहरुको सहयोग आवश्यक रहेको बताउनु भयो। अध्यक्ष तिमल्सिना ले भन्नुभयो आज सहकारी प्रती हेर्न दृष्टिकोण परिबर्तन भएको छ,सहकारी भन्ना साथ ऋण र बचत भनेर सोच्ने सदस्य ले पनि सहकारी भनेको सेवा , दुः ख को सहारा र सगै काम गर्ने समूह भनेर बुझ्नु भएको छ , यो बिषय सबैलाई बुझाउन सबै को साथ भयो भने असम्भव भन्ने छैन भन्नुहुँदै सहकारीका सिद्धान्तलाई आत्मसाथ गरेर आफु हरु अघि बढेको बताउनुभयो ।

    संस्थाका अध्यक्ष सुबिन्द्व तिमल्सिना को अध्यक्षतामा सम्पन्न उक्त साधारण सभा मा प्रगति प्रतिवेदन संस्थाका सचिव राम कृष्ण तिमल्सिना ,आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजु अधिकारी र लेखा सम्बन्धी प्रतिवेदन अनिल कुमार सापकोटा ले साधारण सभा समक्ष गर्नु भएको थियो ।कार्यक्रममा उत्कृष्ट बाल बचत, उत्कृष्ट ऋणी, उत्कृष्ट नियमित बचतकर्ता र सुत्केरी सेयर सदस्य लाई प्रोत्साहन र नगद सहित सम्मान गरिएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार