२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अधिवेशन नजिकदै गर्दा काँग्रेस नेता माओवादीमा प्रवेश


१८८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ३, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेको महाभारत गाउँपालिका वडा नं. ५ का वडा सभापति कमल बहादुर वाइबा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । वाइबा माओवादी केन्द्रको पार्टी कार्यालय, बनेपामा पुगेर पार्टी प्रवेश गरेका हुन् ।

    सो वडाको काँग्रेसको प्रमावशाली नेताको रुपमा परिचित वाइबा स्थानीय तहको निर्वाचनको क्रममा वडा अध्यक्षको उम्मेदवार थिए । वाइबाले २०६ मत ल्याएका थिए । माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष रविन लामाले वाइबालाई जम्मा १२ भोटले जितेका थिए ।

    गत सावन ११ गते गाउँपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामानै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्वागत गर्ने गरी प्रवेश कार्यक्रम तय गरेपनि त्यो दिन भने उनी प्रवेश भएका थिएनन् ।

    वाइबाले आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । उनीसँगको कुराकानीमा माओवादीको सिद्धान्त र विचार मन परेर आफू माओवादीमा प्रवेश गरेको प्रष्ट पारेका छन् । ‘काँग्रेसको भन्दा धेरै राम्रो विचार, सिद्धान्त माओवादीको रहेछ, त्यहीँ भएर काँग्रेस परित्याग गरें ।’ उनले भने, ‘लोकतन्त्रमा आफूलाई मनपर्ने दल छान्न पाउने अधिकार हुन्छ । मैले त्यहीं अधिकार प्रयोग गरें ।’ आफू जस्तोसुकै दवाब आएपनि काँग्रेसमा फर्किने कुनै सम्भावना नरहेको समेत प्रष्ट पारे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार