२०८० फागुन १४, सोमबार | Mon, 26, Feb, 2024

माओवादीका अध्यक्ष प्रचण्ड पाँचखाल आउने


२४०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ४, सोमबार मा प्रकाशित २ साल अघि
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोज ७ गते काभ्रेको पाँचखालमा आउने भएको छ । आफ्नो पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल, पाँचखाल नगरको दोस्रो सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड पाँचखालमा आउने भएको हो ।

    उत्पादन, स्वरोजगार, आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौं, सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको दोस्रो नगर सम्मेलन सफल पारौं ।’ भन्ने मूल नाराका साथ सम्मेलन हुँदै छ ।

    ७ गते विहान ११ बजे शुरु हुने उक्त कार्यक्रम पाँचखाल नगरपालिकाको जय श्रीकृष्ण पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ । अध्यक्ष प्रचण्ड भने १२ बजे कार्यक्रममा आइपुग्ने कार्यक्रम रहेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष रुकु चौंलागाईंले जानकारी दिए । प्रचण्डको स्वागतमा युवाहरुले बाइक जुलुस र मार्चपास समेत गर्ने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार