२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा दुइ गाडी अवैध काठ बरामद


२४१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ५, मंगलबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लामा अबैध चिरान काठ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार मध्यान्न १२ बजेको समयमा प्रहरीले विपी राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध उत्तिस र सल्ला जातको चिरान काठ लोड गरी ल्याईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा पनौती नगरपालिका वडा नं ४ का ३५ वर्षीय रामकृष्ण काफ्ले र ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नं ३ घर भएका ३२ वर्षीय रेशम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले सवारी चेक जाँच गर्ने क्रममा भकुण्डेबेशीबाट धुलिखेल तर्फ आईरहेको बा.२०.च २३०७ टाटा योद्धा गाडी र बा.२०.च ८७४९ महेन्द्र बोलेरो गाडीमा सम्बन्धित कार्यालयको ईजाजत पत्र बिना अबैध रुपमा ल्याइएका विभिन्न नाप साईजको ४० थान (३७।५२० क्यूफिट) चिरान काठ र १७७।५ क्यूफिट चिरान लिष्टी गरी एकमुषष्ट २०९।६३ क्यूफिट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । काठ, गाडी र चालकहरुलाई थप अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय, काभ्रेमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार