२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

घरमै पालेको गोरुले हान्दा पाँचखालमा एकको मृत्यु


२७२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ५, मंगलबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    ५ अशोज,काभ्रे । काभ्रे जिलला पाँचखाल नगरपालिका वडा नं ६ धोत्रा (शालघारी) जिवासी पद्म बहादुर खड्कालाई आफ्नै घरमा पालेको गोरुले हान्दा मृत्यु भएको छ ।

    ७० बर्षिय खड्काले गोरुलाई चराउन लाने क्रममा एक्कासि झम्टिएर होनेको पारिवारीक स्रोतले जनाएको छ । पारीवारीक स्रोतका अनुसार चराउन लाने क्रममा गोरुले हानेपछी सख्त घाईते भएका खड्कालाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो ।

    घटना घट्ने वित्तिकै अस्पताल लगेपनि अस्पताल पुर्याउने क्रममा डाक्टरले मृत घोषणा गरेको जानकारी प्राप्त भएको छ । मृतक खड्काको एक श्रीमति, दुई छोरा र तीन छोरी रहेका छन् । घरमा पालेको गोरु , गाईलाई बहर लगाउने पनि गरीएको जानकारी प्राप्त भएको छ । मृतक खड्कालाई सख्त घाईते गराएपछि गोरु अनियन्त्रित भई अन्यलाई पनि हान्नको लागि लखेट्न थालेपछि स्थानिय र प्रहरी प्रशासनको साहेतामा गोरुलाई नियन्त्रणमा लिईएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार