२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखाल कांग्रेसको अधिवेशन सहमतिकै आधारमा सम्पन्न(नामावलि सहित)


८७४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५ असोज,काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा आज सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सहमतिकै आधारमा सम्पन्न भएको छ ।

    हिजो सम्म सहमतिको आधारमा वडा अधिवेशन सम्पन्न नहुने चर्चा चलेपनि नेतृत्वहरुको पहलमा सहमतीको आधारमा नगरमा रहेको १३ वटै वडामा सहमति जुटेको छ ।

    सहमतिको आधारमा सम्पन्न अधिवेसनबाट वडा नं सभापतिमा ज्ञान वहादुर लामा, वडा नं २ मा रामेश्वर दाहाल ,वडा नं ३ मा प्रकाश तिमल्सिना, वडा नं ४ मा रमेस श्रेष्ठ, वडा नं ५ मा राजु सापकोटा, वडा नं ६ मा श्याम दुलाल, वडा नं ७ मा राम शरण ढंगाल, वडा नं ८ मा शिव सापकोटा, वडा नं ९ मा वद्री प्रसाद पौडेल, सुदर्शण आचार्य, वडा नं ११ मा नवराज सेडाई, वडा नं १२ मा उत्तम सिटौला र वडा नं १३ मा शुकविर तमाङ रहेका छन् ।

    पाँचखाल नगरमा रहेको १३ वडा मध्य १२ वटा वडामा प्रतीनिधिहरुको समेत सहमी समयमै सकिएको भएता पनि वडा नं ३ को प्रतीनिधिको लागि निकै ठुलो मेहनतका साथ साँझ ८—२० मा सहमति जुटेपछि नगरको १३ वटै वडामा सौहार्द ढंगबाट सहमति जुटि वडा अधिवेशन सम्पन्न भएको पाँचखाल वडा नं ४ का नि—वर्तमान वडा सभापति राजन कार्कीले जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार