२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौतीमा मत गन्ने कार्य जारी, कागे्रसका हस्तीहरु वडैवाट फालिए


२०३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ६, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिकामा हिजो सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनको मत गणणा कार्य करिव अन्तिम चरणमा पुगेको छ ।

    नगरमा रहेको १२ वडा मध्य वडा नं १,२,३,८ र ९ मा सहमतीकै आधारमा अधिवेशन सम्पन्न भएको थियो । अन्य वडामा निर्वाचन भएको जानकारी प्राप्त भएको छ । निर्वाचन प्रक्रियामा गएको वडाहरु मध्य वडा नंं ४,५,६ को मत गणना आज बिहान ७—३० सम्ममा सकिएको छ । बाँकी अन्य वडाको मत गन्ने कार्य निरन्तर चलिरहेको छ ।

    विहान ७—३० बजे सम्मको अवस्थालाई मध्य नजर राख्दा शिव हुमागाई पक्षमा ७० प्रतीशत र मधु आचार्य पक्षमा ३० प्रतीशत प्रतीनिधिहरु (सहमती र निर्वाचन) प्रकृयाबाट निर्वाचित भएको जानकारी प्राप्त भएको छ । जस मध्य पनौती नगरपालिका वडा नं ८ मा सहमति हुने क्रममा सभापति शिव हुमागाई पक्षका देवराज बञ्जारालाई निर्विरोध गराउंदा मधु आचार्य पक्षलाई १५ प्रतीनिधि मध्य ९ जना भागमा परेको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार पनौती नगरमा रहेका कांगे्रसका हस्तिहरु वडाबाटै पराजित भएका छन् । जिल्ला प्रतीनिधि तथा नगरमा सभापतिमा उम्मेदवारी दिने तयारी गर्दै गरेका कांगे्रसी नेताहरु वडा तहबाटै फालिनुले पनौती अधिवेशनले ठुलै चर्चा पाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार