२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अबैध चिरान काठ सहित पाँचखालका सुनार पक्राउ


४५७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ६, बुधबार मा प्रकाशित २ साल अघि
  • काभ्रे ।अबैध चिरान काठ ढुवानी गर्दै गरेको अवस्थामा पाँचखाल खावामा प्रहरीले चेक जाँच गर्दा काठ ढुवानी गर्ने सवारी साधन सहित काठ धनि सुनुवारलाई प्रहरीले पक्राउ गरी आवस्यक कारवाही प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार असोज ४ गते बेलुकीअं. १८ः२० वजेको समयमा अरनिको राजमार्ग खावामा प्रहरी अधिकृत सहितको टोलीले चेकजाँच गर्ने क्रममा पाँचखालबाट धुलिखेल तर्फ आईरहेको बा.८.च ३१३ टाटा बोलेरो गाडिमा सम्बन्धित कार्यालयको ईजाजत पत्र बिना अबैध साल्ला जातको चिरान काठ लोड गरी ल्याईरहेको अवस्थामा फेला पारेको थियो ।

    उक्त काठलाई बरामद गरी गाडी र चालकहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम पक्राउमा परी कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेल पठाएको छ । का.प.जि. पाँचखाल नगरपालिका वडा नं. ०४ बस्ने वर्ष ३३ को प्रकाश सुनारले सल्ला जातको चिरान काठ–१५थान (४७.६५५ क्यूफिट) बरामद गरेको थियो । सो काठ ढुवानी गर्ने बा.८.च ३१३ टाटा बोलेरो लाई समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार