२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आईलाग्ने माथि जाईलाग्न प्रचण्डको निर्देशन काभे्रको नमुना नगर बन्छ पाँचखाल


३९४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७ असोज, काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले गुण्डा साथै भ्रष्टहरुलाई भ्याकुर लखेटे झै लखेट्न वा.ई.सि.एल लाई निर्देशन दिनुभयो ।

    आज (विहिबार) काभ्रेको पाँचखालमा सम्पन्न योङ्ग कम्युनिष्ट लिग नेपाल ( वाइसीएल ) को दोस्रो पाँचखाल नगर सम्मेलनको उद्घाटनको क्रममा अध्यक्ष प्रचण्डले उक्त धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो—अव योङ्ग कम्युनिष्ट लिग नेपाल ( वाइसीएल ) ०६४ साल तिर फर्कदै अगाढी बढ्नुपर्ने बताउनु भयो । “हामी जाईलाग्ने होईन, कोही हामीमाथि आईलागे भने इट्टाको जवाफ पथ्थरले दिनु पर्छ ।”फटाहा र भ्रष्टहरुलाई ठोक्ने र नेपाली जनताको रक्षा गर्ने कार्य वाइ.सि.एलको हो अव सोही ढंगबाट अगाडी बढ्नु पर्ने निर्देशन दिनुभयो ।

    ‘वाइसीएल अव फेरी एकचोटी २०६४ मा जानुप¥यो,’ ‘जालझेल छलकपट गर्नेहरुलाई आतंक भएर प्रस्तुत हुनुप¥यो ।” प्रचण्डले थप्नुभयो । डराएर होइन जागेर अगाडी बढ्नुपर्छ, ‘जो डर गया वो मर गया’ भन्दै उहाँले कार्यकर्तालाई निदेर्शन दिनुभयो । आगामी निर्वाचन २०६४ को जस्तै बनाउने योजनाका साथ अगाडी बढ्नु पर्ने तर्क अध्यक्ष दाहालको रहेको छ ।
    कार्यक्रममा अध्यक्ष प्रचण्डले काभ्रे जिल्लाको नमुना नगरको रुपमा पाँचखाल अगाडी बढ्ने ठोकुवा गर्नुभयो ।

    पाँचखालको विकास निर्माणको लागि पार्टीले योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाँचखाल काठमाडौ सूरुङ्गमार्ग, सेज साथै पाँचखालमा बिभिन्न उद्योगहरु स्थापना गरी नमुना नगर बनाउन आफु लागि रहने बताउनु भयो ।
    कार्यक्रममा वागमति प्रदेश सांसद रत्न ढकाल, पुर्व श्रमराज्य मन्त्रि गोविन्द नाथ उपे्रती, नेकपा माओवादी केन्द्र काभे्रका संयोजक रुकु चौलागाई लगाएतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    मणिराज गौतमले संञ्चालन गरेको उक्त कार्यक्रममा पाँचखाल नगर सम्मेलन आयोजक समितिका संयोजक रामगोपाल भुजेलले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी, नेपाली काँगे्रस साथै नेकपा एमालेबाट प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डले टिका लगाएर स्वागत गर्नुभएको थियो । योङ्ग कम्युनिष्ट लिग नेपाल ( वाइसीएल ) को दोस्रो पाँचखाल नगर सम्मेलन बाट उग्रराज तमाङको अध्यक्षतामा ४१ समितिय कमिटि गठन भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार