२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कांग्रेसको पालिका अधिवेशन सुरु , पनौतीमा हातपात धुलिखेलमा तालाबन्दि


२१२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन ९, शनिबार मा प्रकाशित २ साल अघि
  • ९ असोज, काभ्रे । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ-नगर अधिवेशन प्रारम्भ हुदै जानो क्रममा काभ्रेमा भने बिवाद सुरु भएको छ ।

    काभ्रे जिल्लाको पनौति नगरमा निर्वाचन मण्डलले कार्य सुरु गरिरहंदा नेपाली कांगे्रसका पुर्व जिल्ला सह सचिब तिर्थ वहादुर पसखलको नेतृत्वमा निर्वाचन कार्यालय श्रीराम हलमा पुगेका कागे्रस कार्यकर्ताले निर्वाचन प्रक्रिया रोक्न दवाद दिदै अवरोध सृजना गरेकोजानकारी प्राप्त भएको छ ।

    स्रोतका अनुसार नेता पसखलको नेतृत्वमा निर्वाचन कार्यालय पुगेको टोलिले विवाद गरेपछि पनौती नगर समितिका सचिब राजेस राज महतमाथि हातपातको प्रयास भएको थियो । हात हालाहालको स्थिति आएपछि प्रहरी चौकि पनौतीका प्रमुख सन्तोष बानियााको नेतृत्वमा गएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ ।

    नेपाली कांगे्रस जिलला सभापति मधु आचार्य पक्षधरले हिजो रातीबाटै निर्वाचन स्थगित गर्ने पक्षमा प्रचार प्रसार गर्दे गरेको अवस्थामा नेपाली कांगे्रसका केन्द्रिय सदस्य शिव हुमागाई पक्षले भने निवाचनमा हारको मनस्थिति बनाएर निर्वाचन रोकिएको प्रचार बाजि गरेकोले बिधि, साथै निति अनुसार प्रकृया नरोकिने जानकारी गराउदै आएका थिए । पनौतीमा हात हालाहालको स्थिति निम्तिएपछि उत्पन्न बिवादलाई लिएर नेताहरुका विचमा छलफल हुदै भएको र निर्वाचन प्रक्रिया नरोकिने जानकारी प्राप्त भएको छ ।

    त्यसैगरी धुलिखेलमा मञ्जुकुमार कोजुको नेतृत्वको टोलीले निर्वाचन कार्यालयमा ताला लगाएका थिए । ताला लगाउने क्रममा कोजुले भने—आज हुने नगर अधिवेशन लोकतान्त्रिक मुल्य मान्यता बिपरित हुने भयकोले साथै नेपालीकांग्रेस जिल्लाका शिर्ष नेताहरुको निर्णयले आजको निर्बाचन नगर्ने र केही दिन पछि गर्ने गराउने जानकारी प्राप्त भयको निर्णयलाई बेस्वाद गरि एक पक्षीय ढककगले जबरजस्ती निर्बाचन गराउने देखियको हुनाले हामि सम्पूर्ण क्रियाशील साथिहरुले बिरोध गर्दै निर्बाचन स्थलमा ताला बन्दि गरिदै ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार