२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

टिपरले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु, स्थानियले जलाई दिए टिपरलाई


२०३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १०, आईतबार मा प्रकाशित २ साल अघि
  • १० असोज, जनकपुरधाम । टिरपको ठक्करले जनकपुरधाममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका छन् ।

    जनकपुरधाममबाट ढल्केबरतर्फ जाँदै गरेको ना.७ख ४६४८ नम्बरको टिपरले पिडारी चोकमा भारतीय नागरिक सबार ज ९ प १४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले भारतको बिहार राज्य अन्तर्गत मुजफ्रपुर जिल्ला साहेबगंज निवासी अन्दाजी ४० बर्षीय आनन्दकिशोर साहको मृत्यु भएको छ ।

    ठक्करले गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घट्नापछि स्थानीयले टिपरमा आगजनी गरेका छन् । टिपरको अधिकांस भाग जलेको छ । ठक्कर दिने टिपरका चालकलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार