२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

खोरमै पसेर चितुवाले मार्‍यो २३ बाख्रा


२०३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १२, मंगलबार मा प्रकाशित २ साल अघि
  • बर्दिया- बर्दियामा खोरभित्रै पसेर चितुवाले २३ वटा बाख्रा मारेको छ । गुलरिया नगरपालिका–५, सन्तोषी टोलमा व्यवसायिक रूपमा बाख्रा पालन गरिँदै आएको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसेर २३ वटा बाख्रा मारेको हो । खोर भित्र बाधिएका २३ वटा बाख्रा मार्दा ३ लाख बराबरको क्षति भएको बाख्रा कृषक चन्द्रकान्त पौडेलले बताए ।

    नजिकैको सामुदायिक वनबाट आएको चितुवा आइतबार राति खोरमा भएका सबै बाख्रा मारेको उनले बताए ।सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार