२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मुद्धा मिलाई दिने बाहनामा ठगी गर्ने काभ्रेली पक्राऊ


२२६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १२, मंगलबार मा प्रकाशित २ साल अघि
  • असोज १२, काभ्रे। मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने पनौतीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला कारागार काभ्रेमा रहेका एक प्रतिवादी उपर लागेको कसूर मुद्दा मिलाइदिन्छु भन्दै पटक पटक ठगी गर्ने काभ्रेका एक पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

    कार्यालयका अनुसार पनौती नगरपालिका वडा नं ५ स्थित ढलमलेका रमेश गिरीले प्रतिवादीलाई छुटाउन पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकाय सम्म मिलाउनु पर्छ भनि झुट्टा आश्वासन देखाई झुक्यानमा पारी ललाई फकाई थुनामा रहेका प्रतिवादीको आफन्तबाट ठगी गर्दै आएका थिए।

    प्रतिवादीका आफन्तलाई झुटो आश्वासन दिलाउँदै गिरीले भदौ १६ गतेदेखि हालसम्म १ लाख २० हजार रुपैँया असुलेको उजुरी प्राप्त भएपछि अनुसन्धानको क्रममा उनलाई असोज १० गते धुलिखेलबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार