२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा गाउंघर क्लिनिक सञ्चालनमा


२५४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १३, बुधबार मा प्रकाशित २ साल अघि
  • जनताले सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा खोप तथा गाउँघर क्लिनिक केन्द्र सञ्चालन गर्न थालेको छ । यसैक्रममा सो नगरको वडा नम्बर ६ स्थित सिपाघाटमा नगर प्रमुख टोकबहादुर वाइबाले खोप तथा गाउँ घर क्लिनिक केन्द्र उदघाटन गरेका छन् ।

    नगरप्रमुख वाईबाले २ कोठे खोप खोप तथा गाउँ घर क्लिनिक केन्द्र उदघाटन गरेका हुन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, नगरपालिका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद ढकाल, स्थानीय शाखा प्रमुख दिपक घिमिरे, स्वास्थ्यकर्मी लगायत सहभागी थियो ।

    खोप तथा गाउँ घर क्लिनिक केन्द्र सञ्चालनमा आएसँगै खोप लगाउन सजिलो भएको छ । ढाँडखोला सिपाघाटमा अत्याधिक जनसंख्या बढ्दो छ । त्यसैलाई मध्यनजर गर्दै खोप तथा गाउँ घर क्लिनिक केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार