२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा मनाईयो मुटु दिवस


२८३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १३, बुधबार मा प्रकाशित २ साल अघि
  • १३,असोज काभ्रे । नेपाल हृदयरोग निबारण प्रतिष्ठान पाँचखाल उपशाखाको आयोजनामा आज मुटु दिवस मनाईएको छ ।

    बिश्व मुटु दिबसको अवसरपारेर सर्बमंगला मा.बि मा एक कार्यक्रम सहित मुटु दिवस मनाईएको थियो ।कार्यक्रमका प्रमुख बक्ता प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालका डा.अनुराग कार्कीले मुटु स्वास्थ्य बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

    कार्यक्रममा सर्बमंगला बहुमुखी क्याम्पसका प्रमुख जयराम अधिकारी र ने.हृ.रे.नि.प्रतिष्ठान पाँचखाल उपशाखाका सदस्य सुदिप श्रेष्ठले मन्तब्य राख्नु भएको थियो । ने.हृ.रो. नि.प्रतिष्ठान पाँचखाल उपशाखाका सभापति दामोदर अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचलन उपशाखाका उपसभापति सरस्वती चिमोरियले गर्नु भएको थियो ।

    कार्यक्रममा ने.हृ.रो.नि प्रतिष्ठानका सदस्य,शिक्षक,बिध्यार्थी गरी १०० जना भन्दा बढिको सहभागिता थियो । कार्यक्रममा जिल्ला शाखाबाट प्राप्त बिश्व मुटु दिबसको संदेश तथा बुलेटिन बितरण गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार